बालुवाटारमा ओली एक्सप्रेस रेल, हेर्नुस् तस्विर सहित- थप जानकारी का लागि यहाँ क्लिक
गर्नुस्
१० जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको रेल सपना ब्यङ्गयात्मकरुपमा पुरा भएको छ । अव ओलीको सरकारी निवासमै रेल पुगेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भाषणमा निरन्तर रेल कुदाउँने, जहाज चलाउने दाबी गर्दै आइरहँदा कांग्रेस निकट भ्रातृ संगठन नेपाल विद्यार्थी संघले व्यंग्य गर्दै प्रधानमन्त्री निवास बाहिर कागजी ओली एक्प्रेस रेल कुदाएका हुन् ।
ओलीले भाषण गर्ने तर, काम नगर्ने गर्दा जनता वाक्क दिक्क भएको भन्दै व्यंग्य गर्दै ओलीकै सरकारी निवास बालुवाटार अघि उनीहरुले आज बिहान यसरी ओली एक्सप्रेस रेल कुदाएका हुन् । उनीहरुले रिमोटबाट चल्ने पानी जहाज पनि प्रदर्शन गरे ।
सोमबार बिहान एक घण्टा ओली निवास बाहिर रेल, पानी जहाज, खाली जार, सिलिण्डर, थालसहित सरकारको हावादारी भाषणबाजी सुस्त कार्यशैलीमाथि व्यंग्य गरेको नेविसंघ प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।
‘भाषामा देश चलायौं, सपना बाँडेरै रमायौं, महंगीको मारले रुवाउनुसम्म जनता रुवायौं’ । ‘महंगीले ढाड सेकियो, ओलीको पारा नी देखियो,’ ‘१० सामान ५० भो ओलीजी सुशासन कता गो’ जस्ता नारा उनीहरुले लगाएका थिए ।
ओली सडक संवाद गरिने
नेविसंघले सरकारविरुद्ध १३ जेठमा रत्नपार्कमा ओली सडक संवाद गर्ने भएको छ ।
ओलीले घरघरमा ग्यासको पाइप पुर्याउने, काठमाडौंमा रेल चलाउने, नेपालको आफ्नै जहाज किन्ने हावादारी भाषण गर्ने तर, भूकम्पपीडितका लागि घर बनाउन नसक्ने, कालोबजारी र महंगी नियन्त्रण गर्न नसक्ने भन्दै नेविसंघ केही दिनदेखि सरकारविरुद्ध आन्दोलनमा छ ।नेपाली हेडलाइनबाट






0 comments
प्रतिक्रिया दिनुहोस्...