-->
मोबाइल झिक्न जाँदा करेन्ट लागी एकको मृत्यु

ओखलढुंगा १० जेठ –ओखलढुंगाको ठुलाछापमा सोमबार करेन्ट लागेर एक जनाको मत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् ।

मुत्यु हुनेमा ठुलाछाप–१ का ३५ वर्षीया सिता घतानी रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहाले जानकारी दिए ।

घरको कोठाभित्र मोवाईल चार्ज गरिरहेको बेला खोटाङको बुईपा–ओखलढुंगा ११ केभी प्रसारण लाईनको घरछेउको पोलमा एक्कासी विद्युत सर्ट भई आगो बल्न थालेपछि मोवाईल निकाल्न जादाँ उनीहरुलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।

करेन्ट लागेर सोही स्थानका १४ वर्षीया बालिका सरिता बिक घाईते भएकी छन् । घाईते बिकको अहिले स्वास्थ्य चौकी निशंखेमा उपचार भैरहेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.