जेष्ठ १, २०७३- मुस्ताङबाट सारेबुङ हिमाल (६,३४६ मी.) ट्रेकिङ गरि मनाङतर्फ झर्दै गरेका दुई जर्मनी नागरिक र १८ जना नेपाली हिमालमै अलपत्र परेका छन् ।
जर्मन नागरिक ४८ वर्षीय टोबियस् ग्रोएनेन र ४४ वर्षीया गुड्रुन इग्रीड जिगर्मन रहेका मनाङ प्रशासनले जनाएको छ । उनीहरु पतिपत्नी हुन् ।
यी मध्ये टोबियस् नेशनल जियाेग्राफी च्यानलका पत्रकार रहेको उद्धारमा हेलिकप्टर लिएर गएका पाइलटलाई उद्धृत गर्दै मनाङ प्रशासनले जनाएको छ ।
नेपालीहरु एकजना गाइड, एकजना क्लाइम्बिङ शेर्पा, एक बेस क्याम्प शेर्पा, एक जना भान्छे, एकजना किचन ब्वाई र १३ जना भरिया छन् ।
उनीहरु हिमालको फेद करिव ५,९२५ मिटरमा छन् । भीषण हिमआँधीले अलपत्र उनीहरुको उद्धारका लागि दुईजना उद्धार गर्ने शेर्पा लिएर सिम्रिक एअरको हेलिकप्टर शनिबार बिहान त्यसतर्फ गएको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माका अनुसार उनीहरु हिमालको दक्षिणी मोहोडा फू गाविसमा पर्ने हिमालको बेस क्याम्पमा छन् । उद्धारका लागि शुक्रबार त्यसतर्फ गएको २ वटा हेलिकप्टर खराब मौसमका कारण ल्याण्ड हुन नसकेर फर्केको थियो ।
डिएसपी जगन्नाथ गौतमका अनुसार उनीहरु मुस्ताङको दमोदर कुण्ड अवलोकन गरेर हिमाल चढेर मनाङतर्फ झर्दै थिए । हिमालबाट झरेर फेदीमा बस्दै गर्दा हिमआँधीले बसैकै ठाउँबाट उनीहरुका सबै सामान उडाएका हुन् । आफैँले लगेको टेन्टमा बसेकाबेला आँधीहुरीले सबै सामान उडाएपछि उनीहरु अलपत्र परेका हुन् ।
आँधीले टेन्ट, ओढ्नेओछ्याउने, पकाउने भाँडा, स्टोभ, खाद्यान्न लगायत उडाएको डिएसपी गौतमले बताए ।
...
मुस्ताङको शारिबुङ हिमाल ट्रेकिङका लागि गएका दुई जर्मनी नागरिकसहित १८ जना नेपाली भीषण हिमआँधीले अलपत्र परेका छन् । शारिबुङ पास गरेर बेसक्याम्पमा अस्थायी टेन्टमा बसेकाबेला आएको आँधीले सबै सामान उडाएपछि उनीहरु अलपत्र परेका हुन ।
ट्रेकिङको बन्दोबस्त मिलाएको फ्रेन्ड्स एडभेन्चरका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर लामाका अनुसार बन्दोबस्तीका सबै सामान उडाएको खबरपछि गरिएको उद्धार प्रयास असफल भएको छ । 'दिउँसो १२ बजे स्याटेलाइट फोनमा खबर आयो,' उनले कान्तिपुरसित भने, 'लगत्तै दुइटा हेलिकोप्टर पठायौं, तर बस्न नसकेर फर्किए ।'
आँधीले सरसामान, पकाउने भाडाँ, स्टोभ, खानेकुरा, ओढ्ने ओछ्याउनेसमेत उडाएको छ । ट्रेकिङ टोली शारिबुङको दक्षिण मोहडाको ५९४० मिटर उचाईमा छन् ।
टोलीमा दुई जर्मनी नागरिक, एकजना गाइड, एकजना क्लाइम्बिङ शेर्पा, एक बेस क्याम्प शेर्पा, एक जना भान्छे, एकजना किचन ब्वाई र १३ जना भरिया छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...