-->
ह्वाइट हाउसमा गोली चल्यो, बराक ओबामा…

वासिङटन डिसी, ८ जेठ । अमरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको बाहिरको भागमा गोली चलेको खबर आएको छ ।

यूएसपार्क पुलिसका अनुसार मुख्य भवन नजिकै रहेको चेकपोस्टमा एकजना हतियार बोकेको व्यक्तिले गोली प्रहार गरेका थिए । तर, सुरक्षाकर्मीको जवाफी कारबाहीमा ती व्यक्तिलाई गोली लागेपछि गम्भीर घाइते बनेका छन् ।

घटनापछि केही समयका लागि व्हाइट हाउसलाई बन्द गरिदिइएको थियो । ह्वाइट हाउसलाई पुनः खोलिएको छ ।

गोली चलेका बेला अमरीकी राष्ट्रपति बराक ओबामा मैरील्यान्डमा गोल्फ खेलिरहेको बीबीसीले जनाएको छ । ती व्यक्ति ह्वाइट हाउसमा हतियार लिएर किन गएका हुन् सो विषयमा अमेरिकी पुलिसले अनुसन्धान थालेको छ ।

पुलिसको गोली लागेर घाइते भएका ती व्यक्तिलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनको अवस्था गम्भीर छ ।
अमेरिकी उपराष्ट्रपति जो बाइडेन गोली चलेका बेला व्हाइट हाउस मै थिए ।

गएका वर्षहरूमा ह्वाइट हाउसमा सुरक्षासँग सम्बन्धित धेरै घटनाहरू भएपछि राष्ट्रपति भवनको सुरक्षामा धेरै फेरबदल गरिएको थियो ।

160520201457_sp_white_house_security_2_624x351_ap

160520201917_sp_white_house_security_3_624x351_ap_nocredit




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.