-->
यो हो दुनियाकै जोखिमपूर्ण स्कुले बाटो, पहरे भिर उक्लिन बाजी (फोटो फिचर)

world's toughest school run1

दिनहुँ तुइनमा झुण्डिएर जोखिमपूर्ण रुपमा नदी पार गर्दै स्कुल जाने बालबालिकाका तस्वीर हेर्दा दुनियामा स्कुल जानको लागि सबैभन्दा धेरै जोखिम मोल्ने विद्यार्थी नेपालकै हुन् की भन्ने लाग्छ ।

तर नेपालमा मात्र होइन रहेछ विद्यार्थीहरुले स्कुल जानका लागि ज्यानकै बाजी थाप्नुपर्ने । छिमेकी देश चीनको एउटा गाउँमा विद्यार्थीहरुले दिनहुँ ज्यान हत्केलामा राखेर निकै जोखिमपूर्ण ठाडो पहरे भिर उक्लिँदै स्कुल जाने गरेको दृश्य साँच्चीकै हाम्रो भन्दा पनि भयानक छ ।

सिचुआन प्रान्तको झाओजु काउन्टीस्थित अटलर गाउँका बालबालिकाहरु ठाडो चट्टानी भिरमा राखिएको जोखिमपूर्ण भर्यांग झर्दै साँघुरो गोरेटोमा लहरा समाउँदै भिरको बाटो पार गरेर गाउँमुनिको स्कुलमा पुग्दछन् ।

निकै विकट चट्टानी इलाकामा रहेको भिरगाउँ भनेर चिनिने अटलर गाउँ पहाडको टुप्पोमा २६ सय २४ फिटकोे उचाइमा छ भने उक्त गाउँका बच्चाबच्चीले पढ्ने स्कुल पहाडको फेँदीमा छ ।

world's toughest school run2

भिरमा १७ वटा भर्यांग छन् र स्कुल जानका लागि यी सबै भर्यांग ओर्लनुपर्छ विद्यार्थीहरु अनि घर फर्किँदा उक्लिनुपर्छ ।

सबै भर्यांग चढ्न २ घण्टा लाग्छ भने र्झन डेढ घण्टा । ६ देखि १५ वर्षसम्मका बालबालिकाहरु गह्रौँ झोला बोकेर यी भर्यांग चढ्दै र झर्दै स्कुल जाने आउने गर्छन् । हरेक दिन गाउँका ३ जना अभिभावकले पालैपालो विद्यार्थीहरुलाई चढ्ने र झर्ने काममा सघाउँछन् ।

उक्त गाउँमा ७२ घरपरिवार बस्दछन् र धेरैले खुर्सानी खेति गरेर जिविका चलाइरहेका छन् ।  जोखिमपूर्ण यात्रा गर्दै स्कुल जाने क्रममा अहिलेसम्म ८ जना बालबालिकाको ज्यान गैसकेको छ । पानी पर्ने तथा हिउँ पर्ने समयमा विद्यार्थीहरु धेरै दुघृटनामा पर्दछन् र स्कुल जान पनि निकै गाह्रो हुन्छ ।

झण्डै २ सय वर्ष पूरानो यो गाउँका केही अभिभावकहरुले ज्यान हत्केलामा राखेर छोराछोरीलाई स्कुल पठाउन मानेका छैनन् जसका कारण धेरै बालबालिकाहरु पढ्नबाट बञ्चित छन् ।

हेरौ नेपालकै झल्को दिने चिनिया गाउँका विद्यार्थीहरुका दुखका दृश्य

world's toughest school run3world's toughest school run4world's toughest school run5world's toughest school run7world's toughest school run9



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.