केपी शर्मा ओलीले वरिष्ठ संगीतकार अम्बर गुरूङको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।
प्रधानमन्त्रीले राजधानीको धापासीस्थित ग्रान्डी अस्पतालमा पुगेर गुरूङको स्वास्थ्य स्थितिबारे जानकारी लिएका हुन् ।
यस अघि दिल्ली भ्रमणका क्रममा बरिष्ठ संगीतकार अम्बर गुरुङलाई भेटन् अस्पताल नपुगेको भनेर प्रधानमन्त्री ओलीको ब्यापक आलोचना भएको थियो । बलिउड कलाकार भेट्ने समय निकालेका ओलीले आफ्नै देशको राष्ट्रिय गीतका संगीतकारलाई नभेटेको भनेर उनको आलोचना भएको थियो ।
यसअघि सूचना तथा सञ्चारमन्त्री शेरधन राई पनि गुरूङको स्वास्थ्य अवस्था बुझ्न ग्रान्डी अस्पताल गएका थिए । भोजन नलीमा समस्या, श्वासप्रश्वासमा केही जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ सोही अस्पतालमा उपचार गराइरहेका छन् ।
प्रचण्डका छोराले मागे हतियार र गोली
सघन उपचार कक्षमा राखिएका गुरुङको स्वास्थ्य स्थिर रहेको बताइएको छ । नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति गुरुङ केही वर्षदेखि अस्वस्थ्य छन् । गुरुङलाई मधुमेह र पार्किन्सनको पनि समस्या छ ।
राष्ट्रिय गानका संगीतकार गुरुङले पाँच सय भन्दा धेरै गीतमा संगीत दिएका छन् । गुरुङको स्वास्थ्यको कामना गर्दै शुक्रबार बेलुका संगीतकार गुरुङका परिवार, सञ्चारकर्मी, शुभेच्छुक, चिकित्सक तथा गायक संगीतकारले प्रार्थना गरेका थिए ।
nepaliheadlines


0 comments
प्रतिक्रिया दिनुहोस्...