जेष्ठ ३०, २०७३- विद्यालय व्यवस्थापन समितिको निर्वाचनको विषयलाई लिएर भएको विबादमा खुकुरी हानाहान हुँदा ३ जना घाइते भएका छन् भने कुटपिटबाट २ जना घाइते छन् । पाटादेवल गाविसको पाटादेवल माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनावमा दुई पटक झडप भएको हो ।
जेठ २८ गते भएको अभिभावक भेलाले तिलक खड्कालाई अध्यक्ष बनाएपछि रुष्ट भएको अध्यक्षका अर्का दावेदार प्रकाश खड्का पक्षले विद्यालयका प्रधानाध्यापक प्रकाश थापाका काका डवल थापा र भतिजा सुरेन्द्र थापालाई कुटपिट गरेका थिए । कुटपिटबाट उनीहरु घाइते छन् । प्रअ थापाले एक पक्षीय रुपमा तिलकलाई अध्यक्ष घोषणा गर्न सहयोग गरेको अर्को पक्षको आरोप छ ।
झगडा भएपछि कुटपिट गर्ने पक्षलाई प्रहरीले पक्राउ गर्यो । २९ गते राति प्रकाश थापा पक्षका केही व्यक्तिले प्रकाश खड्का पक्षका तीन जनालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
हतियार प्रहारबाट यज्ञराज खड्का, ज्ञानेन्द्र खड्का र दिनेश खड्का घाइते छन् । घाइते मध्य यज्ञराज र ज्ञानेन्द्रको घा“टी र कोखामा घाउ भएको छ । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनीहरु दुबैलाई उपचारका लागि नेपालगंज लैजाने तयारी भएको छ ।
आक्रमण गर्ने पक्षका एकजना सन्तोष खड्का पक्राउ गरिएको छ भने ४ जना फरार रहेको घाइते यज्ञराजका भाई धु्रव खड्काले बताए । जिल्ला प्रहरी कार्यलयले फरारको खोजी गरिरहेको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
घाइतेहरु हतियारसहित घरमा कुट्न आएका बेला उनीहरुको हतियार खोसेर आफ्नो पक्षका मान्छेले घाइतेहरुलाई कुटेको विद्यालयका अध्यक्ष तिलक खड्काले बताएका छन् ।
1 comments
प्रतिक्रिया दिनुहोस्...

June 12, 2016 at 1:33 AM
kun jilla ko ghatana ho yo?