आईसीसीका ग्लोबल डेभलभमेन्ट म्योनेजर टिम एण्डरसनले आइतबार राती निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्द, तदर्थ समितिका अध्यक्ष रमेश सिलवाल र राष्ट्रिय खेलकुद परिषद्लाई पठाएको पत्रमा क्यानकी प्रमुख कार्यकारी अधिकृत सदस्य भावना घिमिरेलाई तयारी थाल्न निर्देशन दिएको हो।
आईसीसीले खेलाडी छनोटको जिम्मा प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कालाई दिइएको छ। छनोट कमिटिको सल्लाहाकारमा भारतका पूर्व खेलाडी राजु बैकटपति रहने छन्।
साथै आईसीसीले उक्त खेलको तयारीका लागि रकम जुटाउने पनि बताएको छ। सो रकम निलम्बित क्यानको खाताबाट दिन सक्ने बताएको छ। आईसीसीले आर्थिक अनियमितता भएको भन्दै सन् २०१४ देखि नेपाललाई दिने रकम रोक्का गर्दै आएको छ।
नेपालले विश्व क्रिक्रेट लिग च्याम्पियनसिपअन्र्तगत अगस्ट १३ र १५ मा हुने समूहको तेस्रो खेलमा नेदरल्याण्डको सामना गर्नेछ। साथै नेपालले एमएमसीसँग जुलाई १९ मा लर्डसमा अभ्यास खेल खेल्ने छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...