-->
पेलेले फुटबलका पुराना सामान बेचेर कमाए ५५ करोड

जेठ २८ – ब्राजिलका महान फुटबलर पेलेले फुटबलसँग सम्बन्धित आफ्ना पुराना तथा स्मरणीय समानको लिलामीबाट ३६ लाख पाउण्ड (५५ करोड ५८ लाख नेपाली रुपैयाँ) आर्जन गरेका छन् । तीन दिने लिलामीको क्रममा पेलेका फुटबलसँग सम्बन्धित दुई हजार भन्दा धेरै सामग्री बिक्री भएका छन् । फिफा शताब्दी प्लेअर पेलेले मेडल, अवार्डदेखि पुरानो पासपोर्ट पनि लिलामीमा राखेका थिए । ७५ वर्षका पेलेले सन् १९७० मा विश्वकप जित्दा पाएको मेडल अन्तिम दिन तीन लाख ४६ हजार पाउण्ड (पाँच करोड ३४ लाख नेपाली रुपैयाँ) मा बिक्री भएको छ ।

यस्तै उनको हजारौं खेलको पदक एक लाख ६२ हजार पाउण्ड (दुई करोड ५० लाख रुपैयाँ) मा बिक्री भएको छ । पेलेले लिलामीबाट आएको केही रकम ब्राजिलको एक बाल अस्पताललाई सहयोग गर्ने छन् । पेलेको सन् १९५८ र १९६२ को विश्वकपको मेडल क्रमशः तीन लाख ४० हजार पाउण्ड (पाँच करोड २४ लाख नेपाली रुपैयाँ) र तीन लाख ९४ हजार पाउण्ड (६ करोड ८ लाख नेपाली रुपैयाँ) मा बिक्री भएको छ ।

उनले चलचित्र स्केप टु भिक्ट्रीमा लगाएको जुत्ता ८ हजार पाउण्ड (१२ लाख ३५ हजार नेपाली रुपैयाँ) मा बिक्री भएको छ । आफ्नो इतिहास समर्थकले आफूसँगै राख्न पाउन् भन्ने उद्देश्यले लिलामी गरेको बताए । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.